जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन्- ‘न सास भेट्यो न लास’

  • शनिबार २७ भौ २०८३ ०८:५३ AM
गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिरहे। उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे। तर, ११ दिनसम्म धुन्चे र माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वरपर खोजी गर्दा पनि