प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

  • शनिबार २७ भौ २०८३ ०१:३२ PM
काठमाडौं ।  प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ : ०० बजेसम्म कोषको खातामा  १३ अर्ब ५४ करोड ९ लाख तीन हजार ११७ रुपौँया मौज्दात छ । कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ : ०० बजेपछि मात्रै  २८ करोड २० लाख १४ हजार ३६६ रुपौँया थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत  १ अर्ब रुपौँया निकासा गरिसकेको छ । त्यस्तै कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ । भदौ २६ गते साँझ ५:०० बजेपछि उक्त खातामा १ लाख ५४ हजार ७७० डलर थपिएर कूल दुई करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।