रसुवा–त्रिशूलीलाई ‘विशेष क्षेत्र’ घोषणा गर्न माग: १५-२३ अर्बको क्षति, ६६९ मेगावाट विद्युत् ठप्प

  • शनिबार २७ भौ २०८३ ०७:४४ AM
काठमाडौं । भदौ १० गतेको भीषण बाढी र हिमपहिरोले रसुवा–त्रिशूली करिडोरमा १५ देखि २३ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएपछि सो क्षेत्रलाई तत्काल ‘विशेष क्षेत्र’ घोषणा गर्न सरोकारवालाहरूले सरकारसँग माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको ‘फ्राइडे फोरम’ कार्यक्रममा ऊर्जा क्षेत्रका विज्ञ तथा उद्यमीहरूले भौतिक तथा मानवीय क्षतिबाट तंग्रिन द्रुत