काठमाडौं । चाङ्गानको नयाँ विद्युतीय एसयूभी ‘नेभो क्यु ०५’ चितवनमा सार्वजनिक हुने भएको छ । एमएडब्लु वृद्धि अटोकर्पअन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइलले आगामी साता चितवनमा गाडी सार्वजनिक गर्ने तयारी गरेको हो । गाडी सार्वजनिक गर्नुअघि ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म डिपल चितवन सोरुममा नेभो क्यु ०५ को टेस्ट ड्राइभ गर्न सक्नेछन् । नेभो