काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रका लगानीकर्ताको मनोबल बढाउन सरकारले भोटेकोशी–त्रिशूली करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले बाढीबाट क्षति पुगेका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाका लगानीकर्तालाई प्रोत्साहन गर्न भन्सार छुट तथा विभिन्न सहुलियतसहितको प्याकेज