काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायु परिवर्तन र प्राकृतिक विपद्को जोखिम सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै उनले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले बाढी, पहिरो तथा अन्य विपद्को जोखिम दुवै देशका लागि साझा चुनौती