काठमाण्डु– काठमाण्डु उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएपछि सरकारले तत्काल आपूर्ति सहज बनाउन पहल थालेको छ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा भदौ १० गतेपछि गएको पहिरोका कारण भदौ १४ गतेदेखि काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौं आउन सकेका छैनन् । त्यसका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको हो ।