ओजेम्पिक, वेगोभी र जेपबाउन्ड जस्ता तौल घटाउने जीएलपी–१ वर्गका औषधि प्रयोग गर्नुअघि केही पुरुषमा कपाल झर्ने जोखिम पहिल्यै पहिचान गर्न सकिने सम्भावनातर्फ नयाँ अनुसन्धानले संकेत गरेको छ । अमेरिकाको न्यूयोर्क विश्वविद्यालय लाङ्गोन हेल्थको नेतृत्वमा गरिएको अध्ययनले जीएलपी–१ रिसेप्टरसँग सम्बन्धित जीन र पुरुषमा हुने वंशाणुगत कपाल झर्ने समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) बीच आनुवंशिक सम्बन्ध देखाएको छ ।