एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखको शतक

  • शनिबार २७ भौ २०८३ ०४:१० AM
काठमाडाैं ।एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छन् । मलेसियामा जारी खेलमा शेखले युएईविरुद्ध १०१ बलमा शतक बनाएका हुन् । उनले ८ चौका र ४ छक्का प्रहार गरे । एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो ।