त्यो दिन बेत्रावती रोएको थियो, आकाश रोएको थियो, धरतीको छाती चिरिएको थियो, र मान्छेका आँखाबाट आँसुको भेल बगेको थियो। बाढी आयो घरहरू बगे, आँगनहरू बगे, सम्झनाहरू बगे, कसैका वर्षौँका मेहनत बगे, कसैका अधुरा सपनाहरू बगे। मान्छेका आँसु बगे, मान्छेका ज्यान बगे, माछाजस्तै भेलमा घरहरू तैरिँदै बगे। त्यही भेलमा एउटा झोला पनि बग्यो। बगरमा त्यो झोला भेटियो, तर झोलाको मालिक भेटिएनन्। झोला खोल्दा भिजेका किताबहरू थिए, कापीका पानाहरू थिए, कलमहरू थिए, र ती पानाभरि एउटा विद्यार्थीको भविष्य लेखिएको थियो। त्यो थियो विवेक लामिछानेको झोला। झोला भेटियो, तर विवेक कहाँ होलान्