काठमाण्डु – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका सल्लाहकार मोहम्मद युनुसलाई बंगलादेशलाई कमजोर बनाउने उद्देश्यले अघि बढाइएको राजनीतिक परियोजनाको ‘लाभार्थी र सक्रिय सहभागी’ दुवै भएको आरोप लगाएकी छन् । उनले आफूलाई सत्ताच्युत गराउन प्रयोग गरिएको आफ्नो दाबीअनुसारको आन्दोलनको फाइदा उग्रवादी, धार्मिक कट्टरपन्थी तथा अन्य शक्तिहरूले उठाएको पनि बताएकी छन् । द प्रिन्टसँगको विशेष अन्तर्वार्तामा हसिनाले