बैंकिङ कारोबारमा केही घण्टाको ढिलाइले पनि ठूलो आर्थिक प्रभाव पार्न सक्छ । तर, काठमाडौंको नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक्सप्रेस चेक क्लियरिङसँग सम्बन्धित प्रणालीगत समस्या देखिँदा सेवाग्राहीले शुक्रबारदेखि आइतबारसम्म सेवा लिन नसकेको गुनासो गरेका छन् । विशेषगरी शुक्रबार प्रणालीमा समस्या आएपछि एक्सप्रेस क्लियरिङमार्फत चेक पठाएर तत्काल रकम प्राप्त गर्ने अपेक्षामा रहेका ग्राहकहरू प्रभावित भएको उनीहरूको