यी प्रदेशहरूमा भारी वर्षा हुने

  • शनिबार २७ भौ २०८३ ०१:४० AM
काठमाण्डु – देशका केही स्थानमा शनिबार भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।