विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो

  • शनिबार २७ भौ २०८३ ०१:३३ AM
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो । करिब ३३