रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुईजना बेपत्ता भएपछि आफन्त घर फर्कने आशमा पर्खिरहेका छन्। भदौ १० गते आएको बाढीमा छोराबुहारी (दीपेन्द्र र फूलमाया तामाङ) सम्पर्कविहीन बनेपछि बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारू र कइरी थारू छोराबुहारी फर्किने आशमा दिनरात बाटो हेरिरहेका छन्। बुवाआमासँग सम्पर्क टुटेपछि उनीहरूका छोराछोरी अहिले मामाको सहारामा काठमाडौँमा छन्। छोराबुहारीको अवस्थाबारे