कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : नेता शाही 

  • शुक्रबार​ २६ भौ २०८३ १०:५३ PM
काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५ औँ महाधिवेशन बिभाजनको नभइ एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।  शुक्रबार सामाजिक संजालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पार्टीभित्र देखिएका वाद विवाद, मनमुटाव र बाँकी रहेका असहमतिका बुँदालाई पनि घमण्ड र अहङ्कार त्यागेर सबै पक्ष लचक बनेर पार्टी एकताको पक्षमा सहमति र सहकार्य गरेर अगाडि बढ्दा मात्रै एकता महाधिवेशनको अर्थ रहने उल्लेख गरेका छन् । नेता शाहीले महाधिवेशनमा सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता बिना एकपक्षीय ढङ्गले गरिने महाधिवेशनको कुनै औचित्य नरहनेपनि ठोकुवा गरेका छन् ।  ‘महाधिवेशन भनेको एउटा पर्व, एउटा उत्सव र नेतृव परिवर्तनको एउटा अवसर हो। तर वर्षौदेखि कुरिरहेका जिल्लाका नेताहरुलाइ जिल्ला अधिवेशनमा नेतृव परिवर्तन गर्न बन्देज लगाउने अनि प्रदेश अधिवेशन गर्न रोक लगाउने निर्णय गैरलोकतान्त्रिक र बिधानको ठाडो उल्लंघन हो,’ उनले अगाडि भनेका छन्,‘जिल्ला र प्रदेशमा परिवर्तन नचाहिने तर आफु हुने केन्द्रको पदमा मात्रै परिवर्तन चाहिने, यो कस्तो अनौठो तरिका हो