काठमाडौं । राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण आगामी २०८३ साल मङ्सिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले कर्णाली प्रदेशका सुर्खेत लगायतका विभिन्न जिल्लाहरूमा प्रतियोगिता आयोजना गर्ने औपचारिक निर्णय गरेको हो । यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौँ संस्करण २०७९ साल असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना