गण्डकीका यातायात व्यवसायीबाट २७ लाख बढी सहयोग

  • शुक्रबार​ २६ भौ २०८३ ०४:०८ PM
कास्की । गण्डकी प्रदेशमा क्रियाशील विभिन्न यातायात प्रालिहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २७ लाख ३५ हजार ८९५ सहयोग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश समितिमा आबद्ध विभिन्न यातायात कम्पनी तथा समितिहरूबाट उक्त रकम सङ्कलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासङ्घ गण्डकी प्रदेश संयोजक