अर्थमन्त्री डा. वाग्लेसमक्ष हस्तान्तरण भएको सहयोग २ अर्ब ७३ करोड नाघ्यो

  • शुक्रबार​ २६ भौ २०८३ ०३:३८ PM
काठमाण्डु – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि  भदौ ११–२६ गतेसम्म ४९० संस्था तथा व्यक्तिबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष २ अर्ब ७३ करोड ४६ लाख ३० हजार ६३४ र १२ लाख १५ हजार ६५४ अमेरिकी डलर सहयोग हस्तान्तरण भएको छ । सहयोगको सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ