लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरेका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान

  • शुक्रबार​ २६ भौ २०८३ ०२:२७ PM
काठमाडौं । सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई नेपाली प्राविधिक दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनीहरूले हुन्डाई ग्लोबल लर्निङ सेन्टरमा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमी अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन्। प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा चार महिनामै पूरा भएको हो। यस अवधिमा उनीहरूले कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दै सवारीसाधनको सर्भिसिङ, डायग्नोस्टिक तथा मर्मतसम्भारमा व्यावहारिक अनुभव हासिल गरेका थिए। अप्रेन्टिससिप सफलतापूर्वक पूरा गरेपछि दुवै प्राविधिकलाई लक्ष्मी हुन्डाईमै रोजगारीको अवसर प्रदान गरिएको कम्पनीले जनाएको ... The post लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरेका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान appeared first on Kalika Khabar.