सिटिजन्स बैंकले मधेश प्रदेशमा ‘हाइ–भोल्युम ग्रोथ’ र गुणस्तरीय कर्जामा जोड दिने

  • शुक्रबार​ २६ भौ २०८३ ०२:३५ PM
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूको सहभागितामा “ड्राइभिङ हाइ–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४” विषयक सेमिनार आयोजना गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ। कार्यक्रममा केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत गहन अन्तरक्रिया भएको थियो। मधेश प्रदेशका ८ जिल्लामा बैंकका २९ शाखा सञ्चालनमा रहेका छन्। प्रदेशमा बैंकको व्यवसाय विस्तारसँगै गुणस्तरीय कर्जा प्रवाह ... The post सिटिजन्स बैंकले मधेश प्रदेशमा ‘हाइ–भोल्युम ग्रोथ’ र गुणस्तरीय कर्जामा जोड दिने appeared first on Kalika Khabar.