जानु पाण्डे कपिलवस्तु, भदौ २६ गते । कपिलवस्तुको नयाँ टोल हुँदै बजारतर्फ जाने सडकमा राखिएका डिजिटल स्क्रिनमा यति बेला बुद्धसँग जोडिएका ऐतिहासिक सम्पदाका दृश्य देखिन्छन् । सडक किनारमा राखिएका स्क्रिनमा कहिले तिलौराकोटका भग्नावशेष देखिन्छन्, कहिले जगदीशपुर तालका मनमोहक दृश्य । त्यति मात्र होइन, कपिलवस्तुको धार्मिक तथा पुरातात्त्विक महत्त्व झल्काउने वृत्तचित्र र जानकारीसमेत प्रसारण भइरहेका छन्