कपिलवस्तु, २६ भदौ । लुम्बिनी प्रदेश सरकारले आगामी सोमबार (भदौ २९ गते) सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला,कानुन,उद्योग तथा यातायात मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार बिदा दिइएको जानकारी गराएको हो । मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यका अनुसार हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।