सुठौली–तौलिहवा सडकमा मालवाहकको मनपरी पार्किङ, दुर्घटनाको जोखिम बढेपछि युवाले दिए ज्ञापनपत्र

  • शुक्रबार​ २६ भौ २०८३ ०१:२९ PM
कपिलवस्तु । सुठौली भन्सारदेखि तौलिहवासम्मको मुख्य सडकमा ठूला मालवाहक सवारी साधनको अव्यवस्थित पार्किङ बढ्दै गएपछि सडक सुरक्षा र यातायात व्यवस्थापनमा प्रश्न उठेको छ। सडकको दुवैतर्फ ट्रक, टेलर र कन्टेनर घण्टौँसम्म पार्किङ गरिँदा सडक साँघुरिनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय युवा तथा समाजसेवीहरूले तत्काल व्यवस्थापनको माग गरेका छन्। युवा समाजसेवी रूपक बनियाको नेतृत्वमा रहेको टोलीले