माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने

  • शुक्रबार​ २६ भौ २०८३ ०१:५५ PM
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज अपराह्न साढे ३ बजे बसेको ५६४औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ। बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ। माछापुच्छ्रे बैंकले देशका सातवटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र ... The post माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने appeared first on Kalika Khabar.