काठमाडौं । जैविक वा कानुनी अभिभावकसँग बस्न नसक्ने बालबालिकाको तथ्याङ्कलाई अन्तर्राष्ट्रिय रूपमा एकरूप, विश्वसनीय र तुलनायोग्य बनाउन नेपालले ‘बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण’ लागू गर्ने भएको छ । युनिसेफद्वारा निर्मित र संयुक्त राष्ट्रसङ्घीय तथ्याङ्क आयोगले अनुमोदन गरेको यस अवधारणालाई राष्ट्रिय तथ्याङ्क कार्यालयले तीन मुख्य तह—परिवारमा आधारित हेरचाह, आवासीय हेरचाह र स्वतन्त्र जीवनयापनमा वर्गीकरण गरेको छ