नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

  • शुक्रबार​ २६ भौ २०८३ १२:५१ PM
काठमाडौं । नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा शुक्रबार नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र महाशक्ति सिमेन्ट लिमिटेडका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार महाशक्ति सिमेन्टले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता सेयर निष्कासन गर्नेछ। उक्त सेयरको कुल अंकित मूल्य १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँ रहेको छ। सम्झौतामा कम्पनीले सम्झौता भएको मितिले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र सेयर निष्कासन हुन नसकेमा पुनः नयाँ ... The post नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता appeared first on Kalika Khabar.