काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घट्ना सार्वजनिक भएपछि अस्पताल प्रशासनले डाक्टरसहित ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई कामकाजबाट हटाएको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (नि. प्र.मे.सु.) डा. रणजित कुमार झाद्वारा हस्तान्तरित पत्रानुसार भदौ २६ गते निर्णय गर्दै उनीहरूलाई तत्कालका लागि कामकाजबाट हटाइएको जानकारी दिइएको हो