युनाइटेड नेपाली डायास्पोराद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग

  • शुक्रबार​ २६ भौ २०८३ ०५:५७ PM
काठमाडौं । युनाइटेड नेपाली डायास्पोरा अर्गनाइजेसनले बाढीपीडितको सहयोगार्थ संकलन गरेको ५१ लाख ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ । भदौ २६ गते संस्थाका अध्यक्ष सोनाम लामाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो । बाढीपीडितको सहयोगार्थ संकलित रकम हस्तान्तरणका क्रममा संस्थाका उपाध्यक्ष त्रिलोक गुरुङ, कोषाध्यक्ष उल्का घिमिरे, सल्लाहकार जानकी गुरुङ, अस्ट्रेलियाबाट समिम अनवार, कुवेतबाट पुष्कर धामी तथा संस्थाकी सीइओ अस्मिता घिमिरे सहभागी थिए । संस्थाले बाढीपीडितको सहयोगका लागि संकलन गरेको रकम सरकारमार्फत प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो ।