२४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाह, जलवायु न्यायको मुद्दा उठाउने

  • शुक्रबार​ २६ भौ २०८३ ११:२१ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले भोग्दै आएको जलवायु संकट र त्यसबाट भइरहेको जनधनको क्षतिको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने भएका छन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा २२ देखि २८ सेप्टेम्बरसम्म हुने महासभाको ‘हाई लेभल जनरल डिबेट’ अन्तर्गत प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएका हुन्।