अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण लिन सकिने

  • शुक्रबार​ २६ भौ २०८३ ११:३७ AM
काठमाडौं । अब नेपाली नागरिकले आफ्नो विदेश भ्रमणको विवरण नागरिक एपमार्फत नै प्राप्त गर्न सक्ने भएका छन् । अध्यागमन विभागले सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाएको हो । विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्था