बाढी प्रभावितको सारथी बन्यो द राइजिङ यूथ क्लब : राहत र डोजर लिएर मैदानमा

  • शुक्रबार​ २६ भौ २०८३ ११:४४ AM
काठमाडौं । रसुवा बाढीपछि द राइजिङ युवा क्लब प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहतमा खटिएको छ । विगतदेखि नै सामाजिक कार्यमा संलग्न द राइजिङ यूथ क्लब भदौ १० को बाढीपछि थप सक्रिय बन्दै उद्धार र राहतमा निरन्तर खटिइरहेको छ । बाढीबाट मुख्य प्रभावित जिल्ला रसुवामा राहत वितरणसहित उद्धारको काममा समेत सहयोगी भूमिका खेलेको थियो ।