काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपियाँसम्मको निःशुल्क उपचार गराउने भएको छ । अति विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीहरुलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिनेछ । यस्तै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी बासिन्दा, कानुन बमोजिम बसाइँसराइ गरी आएका व्यक्तिहरू, महानगरका जनप्रतिनिधिहरू, कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई पनि यो सेवा प्रदान गरिनेछ । उपचारका लागि प्रति व्यक्ति २ लाख रुपियाँसम्मको खर्च कोषबाट व्यहोरिनेछ । कोषको रकम उपचारका लागि मात्र प्रयोग गरिनेछ । बिरामीले अस्पतालको क्याबिन सेवा, ईएचएस सेवा वा कस्मेटिक उपचार रोजेको खण्डमा भने कोषबाट रकम खर्च गरिनेछैन । अस्पतालले आफूसँग उपलब्ध सेवा र सुविधाहरूमा मात्र यो कोष परिचालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यो सेवा प्रदान गर्न आज काठमाडौँ महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट)का बिचमा सम्झौता सम्पन्न भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दिपककुमार के