काठमाडौं । लामो समयपछि गोकर्णेश्वर महादेव मन्दिरमा पितृ सम्मान गर्न आएका भक्तजनले सहज रूपमा वाग्मती तटस्थित नदीकिनारमा पुगेर दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने अवसर पाएका छन् । यस वर्ष नेपाल ट्रष्टको जग्गा छेउको पर्खाल भत्काएर बाटो फराकिलो बनाएपछि माकालबारीतिरको सडकबाट धेरै भक्तजन जान पाएकाले सहज रूपमा पितृ सम्मान गर्ने अवसर प्राप्त भएको