स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ र ११ लाई जोड्ने गरी आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ ११ को बुढाथोकी डाँडा र वडा न ७ को सेनापुकलाई जोड्ने ४४४ मिटर लम्बाइको उक्त पुल निर्माणपछि सेनापुकबाट सिद्धार्थ राजमार्ग १० मिनेटमै आउन सकिने भएको हो । यसअघि सेनापुकबाट त्यहाँ आइपुग्न एक घण्टा लाग्दै आएको थियो