काठमाण्डु– भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका लागि चीनले पठाएको आकस्मिक राहत सामग्रीको पाँचौँ खेप काठमाण्डु आइपुगेको छ। राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेना (पीएलए) को वाई–२० ‘ए’ कार्गो विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानमार्फत ल्याइएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विमानस्थलमै विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका