काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन् । शुक्रबार बसेको कार्यदलको बैठकमा पार्टीका उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका हुन् । कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय गरेको एमालेका उपमहासचिव