सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई वर्षमान पुनको सुझाव

  • शुक्रबार​ २६ भौ २०८३ ०९:५६ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद बर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने स्मरण गराउँदै कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन् । उनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण शैली त्यागी विनम्र हुन तथा सबैको अस्तित्व स्वीकार्न आग्रह समेत गरे । सांसद पुनले चुनावअघि ’पैसा नहुनेले पढ्न पाउँछ’ भन्ने अभिव्यक्ति दिइएको तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु बिजुली खपतमा अतिरिक्त कर थोपरेर जनताको ... The post सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई वर्षमान पुनको सुझाव appeared first on Kalika Khabar.