रौतहट । रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापालविहीन बनेपछि नगरपालिकाको सेवा प्रवाहदेखि विकास निर्माणसम्मका काम प्रभावित भएका छन् । खाता सञ्चालन हुन नसक्दा कर्मचारी तथा शिक्षकले दुई महिनादेखि तलब पाउन सकेका छैनन् भने विकास निर्माण, विद्युत्, इन्टरनेट, सरसफाइलगायतका भुक्तानीसमेत रोकिएका छन् । पछिल्लो ६ महिनामा तीन जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भए पनि नगरपालिकाले स्थायी प्रशासनिक नेतृत्व पाउन सकेको छैन । उपलब्ध विवरणअनुसार यस अवधिमा प्रमुख प्रशासकीय अधिकृतले जम्मा ४० दिन मात्र काम गरेका छन् । पटक–पटकको सरुवा र लामो समयसम्म कार्यालय प्रमुख अनुपस्थित रहँदा नगरपालिकाको प्रशासन नै ... The post संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित appeared first on Kalika Khabar.