काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो मानवीय मामिला सल्लाहकारमा नियुक्त गरेका छन् ।मन्त्रीस्तरीय निर्णयअनुसार भदौ २४ गते पराजुलीलाई आगामी मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारमा नियुक्त गरिएको हो। भोटेकोशी बाढीपछि मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितसम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले छोटो अवधिका लागि पराजुलीलाई नियुक्त गरिएको अर्थ मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघ (यूएन) मा