काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद वर्षमान पुन अनन्तले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सरकारका मन्त्रीहरूलाई सत्ताको दम्भ र अहंकार त्याग्न चेतावनी दिँदै जनमतअनुसार काम गर्न सुझाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले डर, त्रास र धम्कीका भरमा लामो समय शासन गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई आग्रह गरे