अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ: स्वास्थ्यमन्त्री मेहता

  • शुक्रबार​ २६ भौ २०८३ ०९:५४ AM
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताइन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठेको प्रश्नको जवाफ दिँदै उनले घटनाको जानकारी प्राप्त भएलगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी