चितवनको बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ। मृतक नारायणी विद्या मन्दिर, शिवघाटका पूर्वसञ्चालक अमर पराजुली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बसन्तचोकस्थित सर्भिस लेनमा बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको थियो। आगलागीमा परेर चालक पराजुलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको