नेपाली कांग्रेसका २४ जना प्रभावशाली केन्द्रीय नेताहरूले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दी अन्त्य गर्दै पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्। देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको तथा राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएको अवस्थामा पार्टीभित्रको विवादले राष्ट्रिय राजनीतिमै नकारात्मक असर पारेको भन्दै नेताहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी