शहीद परिवारको सम्मान गर्दै मधेशको ‘अबको बाटो’बारे जनकपुरमा बहस

  • शुक्रबार​ २६ भौ २०८३ ०८:३० AM
जनकपुरधाम । मधेश आन्दोलनका वीर शहीदहरूको योगदान र बलिदानलाई राज्य तथा राजनीतिक नेतृत्वले बिर्सिँदै गएको भन्दै जनकपुरधाममा आयोजित एक कार्यक्रमका सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले मधेश आन्दोलनपछि शीर्ष नेताहरू सरकार र सत्तामा पुगे पनि शहीद तथा आन्दोलनको मूल मुद्दालाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन्। शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार जनकपुरधाममा शहीद संजय चौधरी, नितु यादव र दिलिप यादवको स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमअन्तर्गत बिहान शहीद गेटमा रहेका शहीदहरूको सालिकमा माल्यार्पण तथा सरसफाइ गरिएको थियो। त्यसपछि जनकपुरधामस्थित रौनियार धर्मशालामा दिउँसो १ बजेदेखि पुण्यतिथि तथा ‘मधेशको अबको बाटो’ विषयक ... The post शहीद परिवारको सम्मान गर्दै मधेशको ‘अबको बाटो’बारे जनकपुरमा बहस appeared first on Kalika Khabar.