काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी बर्खास्त गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोप लाग्दासमेत तीन जना मन्त्री बर्खास्त भइसकेको अवस्थामा गम्भीर आरोप लागेका प्रहरी नेतृत्वमाथि सरकार मौन बसेको भन्दै प्रश्न उठाए । ‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्रीहरू बर्खास्त भइसक्नुभएको छ। तर अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमती लगायतका उच्च अधिकारीहरूमाथि करोडौँ भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ,’ सांसद सुनारले भने, ‘उनीहरूविरुद्ध अख्तियार दुरुपयोग ... The post प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गरेर छानबिन गर्न सांसद सुनारको माग appeared first on Kalika Khabar.