पैसा दिएर मात्र हुँदैन, सरकार गिभर होइन गार्जियन बनोस् : सांसद साह

  • शुक्रबार​ २६ भौ २०८३ ०८:५६ AM
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक कुमार साहले सरकार बाढीपीडितको व्यवस्थापनबाट पन्छिन खोजेको आरोप लगाएका छन्। शुक्रबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले बाढीपीडितलाई केही रकम दिएर आफ्नो व्यवस्थापन आफैँ गर भन्ने मुडमा सरकार पुगेको बताएका हुन्। विपद्मा सरकार अभिभावक बन्नुपर्ने उनले बताए। बाढीपीडितहरूको सही व्यवस्थापन सरकारको अनिवार्य दायित्व भएकाले यसबाट पन्छिन नमिल्ने उनको भनाइ छ। प्रभावित नागरिकलाई रकम मात्र उपलब्ध गराएर समस्या समाधान नहुने भन्दै उनले दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोग आवश्यक रहेको बताए। विपद्पछिको राहत तथा पुनर्स्थापनाको अवस्था अझै पर्याप्त नभएको उल्लेख गर्दै उनले ... The post पैसा दिएर मात्र हुँदैन, सरकार गिभर होइन गार्जियन बनोस् : सांसद साह appeared first on Kalika Khabar.