काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता, समाजसेवी तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा सुनीलकुमार शर्माले सम्हालेका छन्। फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको सभापतित्वमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन्। नेतृत्व हस्तान्तरणपछि शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो राजनीतिक र व्यावसायिक जीवनको गहिरो सम्बन्ध रहेको स्मरण गरे। कार्यक्रममा