काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लाग्दा पनि सरकारले छानबिन नगरेको भन्दै प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले सामान्य आरोपकै आधारमा तीन जना मन्त्री बर्खास्त भइसकेको दाबी गर्दै प्रहरी महानिरीक्षक कार्कीमाथि गम्भीर आरोप लाग्दा पनि सरकार मौन बस्नुको कारण माग गरे