काठमाण्डु– युनाइटेड नेपाली डायस्पोराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५५५ रुपैयाँ सहयोग गरेको छ। अध्यक्ष सोनाम लामाको नेतृत्वमा रहेको युनाइटेड नेपाली डायस्पोराको टोलीले शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो। उक्त अवसरमा नेपाल बाहिर रहेर पनि विपद्का बेला नेपाललाई सहयोग गरेकोमा परराष्ट्रमन्त्री खनालले युनाइटेड नेपाली डायस्पोरा परिवारप्रति सरकार